झिनो अंकले बढ्यो नेप्से, यी कम्पनीको भयो सर्वाधिक कारोबार

सोमबार, २१ माघ २०८१, १५ : ०८

काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.४१ अंकले बढेर २७३० को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा सात उपसूचक हरियाली भएको छ ।

यस दिन उपकार लघुवित्त, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
झिनो अंकले बढ्यो सेयर बजार, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३५ करोड ३० लाख ७५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको ३२ करोड ७३ लाख ४० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन बरुण हाइड्रोपावरको ३० करोड २२ लाख ६३ हजार रुपैंया, सहास उर्जा लिमिटेडको २७ करोड ९१ लाख ७४ हजार रुपैयाँ, एक्सेल डेभलपमेन्ट बैंकको २३ करोड ४८ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार, २१ माघ २०८१, १५ : ०८

प्रतिक्रिया