गरिमा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

मंगलबार, २२ माघ २०८१, १० : १५

काठमाडौं - गरिमा विकास बैंकले संस्थापक समूहको २ लाख ६६ हजार ४४.५२ कित्ता सेयर बिक्रीमा राखेको छ। हाललाई यो सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्नेछन्।

सेयर खरिदका लागि ३५ दिने समयसीमा तोकिएको छ। निर्धारित अवधिभित्र इच्छुक संस्थापक सेयरधनीहरूले बैंकको काठमाडौं, लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

यदि तोकिएको समय सीमाभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा, अन्य व्यक्ति वा संस्थाहरूका लागि सेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
 

मंगलबार, २२ माघ २०८१, १० : १५

प्रतिक्रिया