प्रि ओपन सेसनमा ३.५७ अंकले बढ्यो नेप्से

मंगलबार, २२ माघ २०८१, ११ : २२

काठमाडौं - साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०  ३।५७ अंकले बढेको छ । यससँगै सूचक  २७३३।५७ को विन्दुमा कायम भएको छ ।

मंगलबार  प्रि ओपन सेसनमा ५२ लाख ७५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७१ कम्पनीको ७ हजार ३ सय ५ कित्ता सेयर कारोबार भएको छ । 

४० कम्पनीको भाउ बढेको छ भने २५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ११ वटा कारोबार भएको हो ।

मंगलबार, २२ माघ २०८१, ११ : २२

प्रतिक्रिया