साना किसान विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा

मंगलबार, २२ माघ २०८१, १२ : १४

काठमाडौं - साना किसान विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । 

संस्थाले साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाले उक्त सेयर प्रतिकित्ता ३ सय रुपैयाँका दरले लिलामी मार्फत बिक्रीमा राखेको छ । सेयरधनीहरुले न्युनतम् १ हजार कित्ता र अधिकतम ५ हजार कित्ता सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।

  सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले  ३५ दिनभित्र एनआइसी एशिया क्यापिटल तथा संस्थाको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।
 

मंगलबार, २२ माघ २०८१, १२ : १४

प्रतिक्रिया