काठमाडौं - माछापुच्छ्रे क्यापिटलले सञ्चालनमा ल्याउन लागेको ‘एमबीएल इक्विटी फन्ड’ले नेपाल धितोपत्र बोर्डबाट निष्कासन अनुमति पाएको छ।
अब माछापुच्छ्रे क्यापिटलले यो म्युचुअल फन्डको १ अर्ब २० करोड रुपैयाँ बराबरको इकाइ जारी गर्नेछ। यस योजनामा कुल १२ करोड इकाइ बिक्रीका लागि खुला गरिनेछन्, जसको प्रत्येक इकाइको अंकित मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ।
यो म्युचुअल फन्ड बन्दमुखी योजना हो। यो योजनाको कोष प्रवर्द्धकका रुपमा माछापुच्छ्रे बैंक रहेको छ।
प्रतिक्रिया