काठमाडौं - साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ । उक्त दिन कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा नकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३० करोड ८७ लाख १३ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको २६ करोड ८४ लाख १३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन हिमालय उर्जा विकास कम्पनीको २५ करोड ४० लाख ६३ हजार रुपैंया, हिमालयन रिइन्स्योरेन्सको २१ करोड ४२ लाख १२ हजार रुपैयाँ, पिपुल्स हाइड्रोपावर कम्पनीको १९ करोड २ लाख २५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया