हिमालयन डिष्टिलरीको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

मंगलबार, २२ माघ २०८१, १५ : ५२

काठमाडौं - हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएको छ ।

कम्पनीको पुस २८ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही ५ प्रतिशत नगद माघ १३ गतेदेखि सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको कम्पनीले जानकारी दिएको हो ।

आफ्नो डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन बाँकी रहेका सेयरधनीहरुलाई डिम्याट खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन पनि कम्पनीले आग्रह गरेको छ ।
 

मंगलबार, २२ माघ २०८१, १५ : ५२

प्रतिक्रिया