समता घरेलु लघुवित्तको सेयरमूल्य नेप्सेमा समायोजन

विहीबार, २४ माघ २०८१, ११ : १६

काठमाडौं - नेपाल स्टक एक्सचेञ्जमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको छ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले लघुवित्तको ५ प्रतिशत बोनस सेयर समायोजन गरेको हो। समायोजन पश्चात लघुवित्तको सेयरमूल्य ८७६ रुपैयाँ १९ पैसा रहेको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ९२० रुपैयाँको आधारमा मूल्य समायोजन गरेको हो ।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा लघुवित्तको सेयर कारोबार खुल्नेछ। लघुवित्तले फागुन ११ गते, मिराबेल रिसोर्ट एण्ड होटल, धुलिखेल, काभ्रेपलाञ्चोकमा एघारौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे ११ बजे सुरु हुनेछ।
 

विहीबार, २४ माघ २०८१, ११ : १६

प्रतिक्रिया