काठमाडौं - सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ४०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी यी सेयर बिक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बन्दिपुर, डुम्रेमा आवेदन पेस गर्न सक्नेछन् ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी सेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।
प्रतिक्रिया