सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

विहीबार, २४ माघ २०८१, १२ : ०५

काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ५२६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले कान्तिपुर एयर ट्राभल्स एण्ड टुर्स प्रालिको नाममा रहेको ४० हजार कित्ता र चन्द्रकान्त भट्टराईको नाममा रहेको २ हजार ५२६ कित्ता सेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरूमा प्रतिकित्ता १०० रुपैयाँदेखि ६०० रुपैयाँसम्म मूल्य तोकेर यी सेयर बिक्री गर्दा वितरण हुन नसकेको हो । विद्यमान संस्थापकहरूमा बिक्री नभएपछि यी सेयर कम्पनीले अन्य व्यक्ति तथा संस्थामा बिक्री गर्न लागेको हो ।

इच्छुक खरिदकर्ताहरुले आगामी फागुन ८ गते कार्यालय समयभित्र आवेदन पेस गर्न सक्नेछन् । आवेदन कम्पनीको कर्पोरेट कार्यालय, विराटनगर, मोरङमा पेस गर्नुपर्नेछ । विद्यमान संस्थापकले समेत यी सेयर खरिदका लागि आवेदन पेस गर्न सकिने जानकारी कम्पनीले दिएको छ ।
 

विहीबार, २४ माघ २०८१, १२ : ०५

प्रतिक्रिया