काठमाडौं - लिबर्टी इनर्जी कम्पनी लिमिटेडले माघ २ गतेदेखि ९ गतेसम्म लिलामी प्रक्रियाबाट बिक्री गरेको अवितरीत हकप्रद सेयर बाँडफाँट गरेको छ।
कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा वितरण हुन नसकेको ८ लाख २६ हजार ५७४ कित्ता हकप्रद शेयर लिलामीमा बिक्री गरेको हो। कम्पनीको सर्वसाधारण समूहको उल्लेखित कित्ता सेयर भने बिक्री हुन नसकेको हो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र माघ १८ गते खोलिएको र माघ २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले बाँडफाँट प्रक्रिया सम्पन्न गरेको हो।
यी सेयरको कटअफ मूल्य १८७ रुपैयाँ १० पैसा कायम गरी उक्त मूल्यमा पेस गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको हो । बाँडफाँटमा नपरेको सेयर बापतको रकम माघ २५ गतेदेखि आवेदकहरूको बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । यो सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले हाल१ अर्ब ५० करोड रुपैयाँको आधारमा ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । ५० प्रतिशत हकप्रद सेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब २५ करोड रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया