काठमाडौं - उन्नति सहकार्य लघुवित्तको माघ २६ गते शनिवार वार्षिक साधारण सभा बस्ने भएको छ ।
कम्पनीले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेस गरेको छैन त्यसैले कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०८०\८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ ।
साथै, अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न तथा कम्पनीको प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।
सभा प्रयोजनको लागि कम्पनीले माघ १५ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, माघ १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन पाउनेछन् । सभा, होटल सनस्टार इन्टरनेसनल प्रालि, भैरहवामा बिहान ११ बजे सुरु हुनेछ ।
प्रतिक्रिया