११.६४ अंकले घट्यो नेप्से, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

विहीबार, २४ माघ २०८१, १५ : १३

काठमाडौं - साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६४ अंकले घटेर २६९९.८१ को विन्दुमा कायम भएको छ ।

यस दिन  नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ४७ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । आज उपकार लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लाएको छ ।

११ अंकले घट्यो सेयर बजार, दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट

सर्वाधिक कारोबार हुने कम्पनी

यस दिन सबैभन्दा बढी सहास उर्जा लिमिटेडको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३१ करोड ३५ लाख ६४ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल रिइन्स्योरेन्स कम्पनीको २२ करोड २७ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन बरुण हाइड्रोपावरको १८ करोड ६९ लाख ७१ हजार रुपैंया, सानिमा माइ हाइड्रोपावरको १६ करोड २० लाख २१ हजार रुपैयाँ, यूनाइटेड मोदी हाइड्रोपावरको १६ करोड १९ लाख ८४ हजार रुपैयाँको कारोबार भएको हो ।

विहीबार, २४ माघ २०८१, १५ : १३

प्रतिक्रिया