नेप्सेमा गार्डियन माइक्रो लाइफको आइपीओ सूचीकृत

विहीबार, २४ माघ २०८१, १६ : ५५

काठमाडौं - बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा कम्पनीको ७५ लाख कित्ता सेयर सूचिकृत भएको हो । 

कम्पनीको पहिलो कारोबारका लागि १०० रुपैयाँ ३४ पैसा देखि अधिकतम ३०१ रुपैयाँ ०२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘जिएमएलआइ’ रहेको छ ।

कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी समेत) २२ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको ५२ लाख ५० हजार कित्ता गरेर कुल ७५ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

सूचिकृत पश्चात् उक्त कम्पनीको सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।
 

विहीबार, २४ माघ २०८१, १६ : ५५

प्रतिक्रिया