सानिमा जिआईसी इन्स्योरेन्सद्वारा लाभांश घोषणा

शुक्रबार, २५ माघ २०८१, १० : २८

काठमाडौं - सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठकले हाल कायम रहेको चुक्तापुँजीको ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।


शुक्रबार, २५ माघ २०८१, १० : २८

प्रतिक्रिया