यस साता ४२ अंकले बढ्यो नेप्से, परिसूचक २६९९ बिन्दुमा

शनिबार, २६ माघ २०८१, १२ : १५

काठमाडौं - यस साता नेप्से परिसूचक १.५ प्रतिशत अर्थात् ४२ अंकले बढेर २६९९ विन्दुमा पुगेको छ। यस हप्ता सेयर पाँचै दिन खुलेका थियो । गत साता २६५७बिन्दुमा भएको बजार यो साता १.५ प्रतिशत अर्थात् ४२ अंकले बढेर २६९९ विन्दुमा पुगेको छ।

साताको पहिलो दिन आइतबार नेप्से ६९.८० अंकले बढ्यो, सोमबार २.४१ अंकले बढ्यो,  मंगलबार १४.०८ अंकले घट्यो , बुधबार४.४५ अंकले घट्यो र  विहीबार ११.६४ अंकले घट्यो । यस साता पाँच कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको हो भने तिन कारोबार दिन नेप्से घटेको थियो । 

यो साता आइतबार १२ अर्ब ९५ करोडको कारोबार भयो, जुन कारोबार रकम भदौयताकै उच्च हो ।  सोमबार ११ अर्ब ८७ करोड, मंगलबार ८ अर्ब ९१ करोड, बुधबार ८ अर्ब ९५ करोड र बिहीबार ९ अर्ब २४ करोडको कारोबार भयो ।

यो साता फाइनान्स सेक्टर सबैभन्दा धेरै ५.७ प्रतिशत बढेको छ । गत साता सबैभन्दा धेरै बढेको विकास बैंक सेक्टर यो साता सबैभन्दा धेरै घट्नेमा रह्यो । गत साता यो सेक्टर ५.४६ प्रतिशत बढेको थियो भने यो साता २.३७ प्रतिशत घट्यो । बीमा सेक्टर पनि यो साता ३ प्रतिशतभन्दा धेरै बढ्यो । बैंकिङ १.८७ प्रतिशत बढ्यो ।

साताको पहिलो कारोबार दिन नेप्से ६९.८० अंकले बढेर २७२७.५८ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको दोस्रो कारोबार दिन नेप्से २.४१ अंकले बढेर २७३० को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको तेस्रो कारोबार दिन नेप्से १४.०८ अंकले घटेर २७१५.९१ को विन्दुमा कायम भएको थियो । त्यस दिन नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ६९ लाख १७ हजार ८३५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड ९६ लाख ९७ हजार रुपैयाँको कारोबार भएको थियो।

साताको चौथो कारोबार दिन नेप्से ४.४५ अंकले घटेर २७११.४५ को विन्दुमा कायम भएको थियो। त्यस दिन नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार रुपैयाँको कारोबार भएको थियो ।

साताको अन्तिम कारोबार दिन नेप्से ११.६४ अंकले घटेर २६९९.८१ को विन्दुमा कायम भएको थियो । त्यस दिन  नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ८६ लाख ८० हजार ३९२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोड ४७ लाख ७५ हजार रुपैयाँको कारोबार भएको थियो  ।
 

शनिबार, २६ माघ २०८१, १२ : १५

प्रतिक्रिया