काठमाडौं - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको अवितरित कुल ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद सेयर लिलाम प्रक्रियामार्फत बिक्रीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले माघ २० देखि अवितरित हकप्रद सेयरको लिलाम बढाबढमार्फत बिक्री खुला गरेको छ । कम्पनीले अवितरित संस्थापक समूह तर्फको २९ हजार ९७७।३१ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ९० हजार ५५५.९१ कित्ता गरी कुल ३ लाख २० हजार ५३३.२२ कित्ता हकप्रद लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याएको हो ।
संस्थापकतर्फ न्यूनतम १००० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता र अधिकत सबै कित्ताका लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ । बोलपत्र कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौं तथा एनएलजी इन्स्योरेन्सका शाखा कार्यालय विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढीमा बुझाउनुपर्नेछ ।
प्रतिक्रिया