कतिमा भयो गार्डियन माइक्रो लाइफको पहिलो कारोबार ?

आइतबार, २७ माघ २०८१, ११ : ०६

काठमाडौं - गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार आज आइतबारबाट दोस्रो बजारमा खुलेको छ।

नेप्सेले गार्डियन माइक्रो लाइफलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १००.३४ रुपैयाँदेखि अधिकतममा ३०१.०२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको थियो भने ‘जीएमएलआई’ कारोबार संकेत प्रदान गरेको छ। आज प्रि–सेसनमा नेप्सेले तोकेको अधिकतम रेन्ज ३०१ रुपैयाँमा यो कम्पनीको सेयर किनबेच भएको छ। अब नियमित सेसनका लागि सेयर कारोबार हुनेछ।

यो कम्पनीको आइपीओ बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो। नेप्सेमा कुनै पनि कम्पनीको साधारण शेयर सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, शुक्रवार शेयर कारोबार नहुने भएकोले यो कम्पनीको शेयर आज आइतबारदेखि मात्रै कारोबारमा आएको हो।

 

आइतबार, २७ माघ २०८१, ११ : ०६

प्रतिक्रिया