५ वर्षपछि भारतको केन्द्रीय बैंकले घटायो रेपो दर

आइतबार, २७ माघ २०८१, ११ : ३०

काठमाडौं - भारतको केन्द्रीय बैंक भारतीय रिजर्भ बैंक (आरबीआई) ले शुक्रवार रेपो दर २५ आधार बिन्दुले घटाएर ६.२५ प्रतिशतमा पुर्‍याएको घोषणा गरेको छ ।  

रेपो दर भनेको कोषको अभाव भएको अवस्थामा केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई पैसा दिने दर हो । अर्थतन्त्रलाई बढवा दिन यो कदम चालिएको हो ।

आरबीआई मौद्रिक नीति समितिले अन्तिम पटक मे २०२० मा रेपो दर घटाएको थियो र पछिल्ला ११ नीतिगत बैठकहरूमा यसलाई अपरिवर्तित राखेको थियो । 
 

आइतबार, २७ माघ २०८१, ११ : ३०

प्रतिक्रिया