काठमाडौं - नेपालका अग्रणी तीनपांग्रे सवारीसाधन निर्माता रायन इनर्जीले अब आइपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले आइपीओको धितोपत्र बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ।
धितोपत्र बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा माघ २९ गते मंगलबार हस्ताक्षर हुँदैछ। हस्ताक्षर कार्यक्रम ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित कार्यालयमा राखिएको छ। कार्यक्रम दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ।
सम्झौतापछि ग्लोबल आइएमई बैंकले रायन इनर्जीको संस्थागत परामर्शदाता रुपमा रहँदै आइपीओ ल्याउनेदेखि सूचीकृत गर्नेसम्मको काम गर्नेछ।
रायन इनर्जी नेपालमा तीनपांग्रे सवारीसाधनको एसेम्बल गर्छ। नेपालमा बढ्दो दिगो यातायात सेवाका लागि यो कम्पनीले ब्याट्री स्वाप टेक्नोलोजी र परिचालन प्रवर्तन सेवा उपलब्ध गराउँदै आएको छ।
कार्यक्रममा रायन इनर्जीको उद्देश्यमाथि प्रकाश पारिनेछ। यो सम्झौता हरित भविष्यका लागि एउटा कोशेढुंगा हुने कम्पनीको विश्वास छ।
प्रतिक्रिया