काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.४९ अकंले घटेर २६८८.३१ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड ५८ लाख ५१ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा १० उपसूचक राताम्मै भएको छ । उक्त दिन सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्टक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३१ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सीईडीबि होल्डिङ्सको ३० करोड ६२ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन सेन्ट्रल फाइनान्सको २० करोड सात लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको १५ करोड ८० लाख रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया