काठमाडौं - प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको १ लाख ५ हजार ४०७ कित्ता शेयर कम्पनीकै संस्थापक सेयरधनीले किन्न पाउने गरी बिक्रीमा राखेको छ।
जसमध्ये १२ हजार ७८ कित्ता शेयर संस्थापक सेयरधनी शंकर प्रसाद कालिकोटा र ९३ लाख ३२९ कित्ता शेयर अर्का संस्थापक सेयरधनी सुयोग श्रेष्ठको स्वामित्वमा रहेको छ।
यो शेयर हाललाई कम्पनीकै विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउँछन् भने ३५ दिन नाघ्दासम्म शेयर बिक्री नभएमा सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
इच्छुक संस्थापकले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।
प्रतिक्रिया