जनकपुरमा बजाज ‘माइलेज च्याम्पियन’ २०२५: प्लाटिना मोटरसाइकलको इन्धन दक्षता प्रदर्शन गर्ने महोत्सव

सोमबार, २८ माघ २०८१, १० : ११

काठमाडाैं- बजाज कम्पनीले आफ्नो लोकप्रिय प्लाटिना मोटरसाइकलको उच्चतम इन्धन दक्षता प्रदर्शन गर्ने उद्देश्यले ‘बजाज माइलेज च्याम्पियन’ कार्यक्रम आयोजना गर्ने भएको छ। यो रोचक र प्रतिस्पर्धात्मक कार्यक्रम माघ २८ गते जनकपुरको बाह्र बिघास्थित ओम अटोमोबाइल्समा आयोजना हुनेछ।

बजाज कम्पनीका एरिया सेल्स म्यानेजर, सुजन चौधरीका अनुसार, यो कार्यक्रमले प्लाटिना मोटरसाइकलको इन्धन बचत क्षमता र भरपर्दो विशेषताहरुलाई उजागर गर्दै, मोटरसाइकल चालकहरू बीच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना पनि प्रवर्द्धन गर्नेछ।

प्रत्येक मोटरसाइकल चालकलाई यो कार्यक्रमको हिस्सा बन्ने मौका प्राप्त हुनेछ। सहभागी चालकहरूले न्यूनतम इन्धन खर्च गर्दै, अधिकतम दूरी तय गर्ने लक्ष्य राखेर प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई प्रकट गर्दै नेपालका बजाजप्रेमीहरूको एकता र उत्साहलाई नयाँ उच्चाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।

बजाजका मोटरसाइकलहरू मध्ये, प्लाटिना मोडेल अधिकतम माइलेज दिने मोटरसाइकलको रूपमा परिचित छ। पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण यो मोटरसाइकल अत्यधिक लोकप्रिय बनेको छ। उच्च इन्धन मूल्यसँग जुझिरहेका उपभोक्ताका लागि, प्लाटिना मोटरसाइकलले एक किफायती र भरोसामूलक विकल्पको रूपमा स्थान बनाएको छ।

यो कार्यक्रम नयाँ पुस्तामा बढ्दो पेट्रोल खर्चको चिन्तालाई मध्यनजर गर्दै, प्लाटिना मोटरसाइकलको इन्धन दक्षता र किफायती विशेषताहरूको बारेमा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रमले आम जनतालाई प्लाटिना मोटरसाइकलको फाइदाबारे जानकारी दिन र अधिक से अधिक ग्राहकलाई आकर्षित गर्न मद्दत गर्ने कम्पनीको विश्वास छ।

माइलेज च्याम्पियनमा सहभागी हुने उत्कृष्ट चालकहरूलाई आकर्षक पुरस्कार दिइनेछ। यसका साथै, कार्यक्रमले सबै सहभागीलाई मोटरसाइकलको इन्धन बचत र दक्षता अनुभव गर्ने अवसर प्रदान गर्नेछ।

जनकपुरका मोटरसाइकल प्रेमी र बजाजका उत्साहीलाई यो कार्यक्रममा सहभागी भएर आफ्नो मोटरसाइकल चलाउने कौशललाई प्रमाणित गर्नका लागि स्वागत गरिएको छ।

सोमबार, २८ माघ २०८१, १० : ११

प्रतिक्रिया