काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.९८ अंकले घटेर २६७७.३२ को विन्दुमा कायम भएको छ ।
यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा गिरावट आउँदा ११ उपसूचक राताम्मै भएको छ । उक्त दिन बोतलर्स नेपाल बालाजु र उपकार लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ ।
सर्वाधिक कारोबार हुने कम्पनी
यस दिन सबैभन्दा बढी सीईडीबि होल्डिङ्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १५ करोड ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन एनआरएन इन्फ्रास्टक्चरको १४ करोड ४७ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको १३ करोड ७९लाख रुपैयाँको कारोबार भएको हो ।
यस दिन नेप्सेमा कारोबार भएको ३२२ कम्पनीको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।
आज बजारमा गिरावट आउँदा पनि गार्डियन माइक्रो लाइफ र न्यादी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
प्रतिक्रिया