अर्बिट इनर्जीको बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त

सोमबार, २८ माघ २०८१, १५ : २०

काठमाडौं- अर्बिट इनर्जी लिमिटेडले ५० लाख कित्ता साधारण शेयर निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु तथा सर्वसाधारणहरुमा प्रति शेयर १०० रूपैयाँ अंकित दरको साधारण शेयर निष्काशन गर्न लागेको हो । सम्झौतापत्रमा अर्बिट इनर्जी लिमिटेडका तर्फबाट महाप्रबन्धक सुदिप खड्का तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्पशर्माले हस्ताक्षर गरेका छन् ।

अर्बिट इनर्जी लिमिटेडले संखुवासभा जिल्लाको सभापोखरी गाँउपालिका स्थित साभाखोलाको पानी सदुपयोग गरि सभाखोला 'बी' २१.५ मेगावाट र सभाखोला 'सी' ६.३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण कार्य करिब ५५ प्रतिशत सम्पन्न भईसकेको कम्पनीले जनाएको छ ।

भारतको फ्लोवेल इनर्जी प्राईभेट लिमिटेड तथा इटालीको ट्रोएर एजी कम्पनीबाट निर्मित अत्याधुनिक इलेक्ट्रो मेकानिकल समाग्रीहरु जडान गरेको आयोजना अबको १ बर्ष भित्र संचालनमा ल्याउने कम्पनीले जनाएको छ ।

आगामी दिनमा अन्य आयोजनामा समेत लगानी गरी अगाडी बढ्ने योजना रहेको कम्पनीले जनाएको छ ।
 

सोमबार, २८ माघ २०८१, १५ : २०

प्रतिक्रिया