रिडी पावरको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

सोमबार, २८ माघ २०८१, १६ : ३७

काठमाडौं - रिडी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

कम्पनीले यस अवधिमा २ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जबकि गत वर्षको यो अवधिमा कम्पनी ९ करोड २६ लाख रुपैयाँ नोक्सानमा रहेको थियो।

दोस्रो त्रैमासमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेपछि नाफामा चुलिएको हो । गत वर्ष ९ करोड ८२ लाख रहेको कम्पनीको  विद्युत् बिक्रीबाट अहिले बढेर १८ करोड ६७ लाख कायम भएको छ । 

कम्पनीको चुक्ता पुँजी २ अर्ब ३२ करोड रुपैयाँ रहेको र जगेडा कोष २३ करोड ९९ लाख रुपैयाँले ऋणात्मक छ। यद्यपि, कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ १४ पैसा रहेको छ भने यसको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ १० पैसा रहेको छ।
 

सोमबार, २८ माघ २०८१, १६ : ३७

प्रतिक्रिया