काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको जिम्मेवारी निरञ्जन फुँयाललाई सुम्पेको छ।
नेप्से सञ्चालक समितिको माघ २५ गते बसेको बैठकले यो निर्णय गरेको हो। यसअघि नेप्सेका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गतेबाट समाप्त भएको थियो। फुँयाल हाल नेप्सेमा प्रबन्धकीय भूमिकामा कार्यरत छन्।
सरकारले नयाँ सीईओ नियुक्त नगरेसम्म उनले कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को रूपमा जिम्मेवारी निर्वाह गर्नेछन्। सञ्चालक समितिले यो निर्णय माघ २५ गतेदेखि लागू हुने गरी जारी गरेको छ।
प्रतिक्रिया