नेप्सेमा सामान्य अंकको सुधार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

मंगलबार, २९ माघ २०८१, १५ : १२

काठमाडौं - साताको तेस्रो कारोबार दिननेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५४ अंकले बढेर २६८३.८६ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको २९९ कम्पनीको १ करोड ३९ लाख ६८ हजार २५८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब २४ करोड ६२ लाख २१ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा सुधार आउँदा पाँच उपसूचक मात्र हरियाली भएको छ । उक्त दिन सिक्लेस हाइड्रोपावर, भगवती हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर र गार्डियन माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किट लाएको छ ।

सेयर बजारमा ६ अंकको सुधार आउँदा चार कम्पनीको सेयरमा सकरात्मक सर्किट

यी कम्पनीमा झुम्मिए लगानीकर्ता

यस दिन सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३६ करोड ८१ लाख ८२ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको न्यादी हाइड्रोपावरको ३५ करोड ११ लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन यूनाइटड मोदी हाइड्रोपावरको २१ करोड ७७ लाख ६० हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको १९ करोड ६९ लाख ४७ हजार रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड ६२ लाख ४४ हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार, २९ माघ २०८१, १५ : १२

प्रतिक्रिया