नेप्सेमा शिखर इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

मंगलबार, २९ माघ २०८१, १६ : ४२

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार शिखर इन्स्योरेन्सको मूल्य समायोजन गरेको छ ।

नेप्सेले शिखर इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७६५.४५ रुपैयाँ हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार ८४२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । 

सोही मूल्यको आधारमा भोली बुधवार सेयर बजारमा कारोबार खुल्नेछ ।
 

मंगलबार, २९ माघ २०८१, १६ : ४२

प्रतिक्रिया