आईएमई लाईफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

बुधबार, ३० माघ २०८१, १० : २५

काठमाडौं - आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ २९ गते साँझ बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत अर्थात् एक अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

अब उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात वितरण गरिनेछ।

बुधबार, ३० माघ २०८१, १० : २५

प्रतिक्रिया