प्रि-ओपन सेसनमा नेप्से ३.२९ अंकले बढ्यो

बुधबार, ३० माघ २०८१, ११ : ११

काठमाडौं - साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२९अंकले बढेको छ । यससँगै सूचक २६८७।१६  को विन्दुमा कायम भएको छ ।

बुधवार प्रि ओपन सेसनमा १ करोड ६१ लाख लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा ६८ कम्पनीको २६ हजार ७ सय २० कित्ता सेयर कारोबार भएको छ ।  

३४ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । यो सेसनमा कुल १ सय ४७ वटा कारोबार भएको हो ।
 

बुधबार, ३० माघ २०८१, ११ : ११

प्रतिक्रिया