५० प्रतिशत हकप्रद निष्कासन गर्दै सिन्धु विकास बैंक

बुधबार, ३० माघ २०८१, १३ : ३२

काठमाडौं - सिन्धु विकास बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर बिक्रीको प्रस्ताव गरेको हो ।

साथै, बैंकको माघ २९ गते मंगलबार बसेको संचालक समितिको ४५० औं बैठकले एकैसाथ बैंकको चौधौं तथा पन्ध्रौं वार्षिक साधारण सभा फागुन २८ गते काभ्रेको धुलिखेल स्थित होटल मिरावलमा बस्ने निर्णय गरेको छ । साधारण सभा प्रयोजनका लागि फागुन १५ गते १ दिन बुक क्लोज गरिने जनाएको छ ।

बैंकले हाल कायम रहेको चुक्ता पुँजीमा २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।  प्रदेश स्तरको विकास बैंक हुनको लागि आवश्यक न्यूनतम चुक्ता पुँजी १ अर्ब २० करोड कायम गर्न हकप्रद बिक्रीको  प्रस्ताव गरेको बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ५५ करोड ७४ लाख रुपैयाँ छ । 

  
यस्तै, सिन्धु विकास बैंक र अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्ने जनाएको छ । 
67ac455d3e02e.png

बुधबार, ३० माघ २०८१, १३ : ३२

प्रतिक्रिया