काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापकहरूको नाममा रहेको ८ लाख ४५ हजार २२६ कित्ता संस्थापक सेयर माघ ३० गतेदेखि बिक्रीमा ल्याएको छ ।
कम्पनीले प्रतिकित्ता ५२५ रुपैयाँदेखि ६०० रुपैयाँसम्मको मूल्य तोकी यी शेयर बिक्रीमा ल्याएको हो । यी शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुसँगै अन्य व्यक्ति तथा संस्थाहरूले फागुन १३ गते अपरान्ह ३ बजेभित्र कम्पनीको केन्द्रीय कार्यालय मोरङ वा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय, बालुवाटार, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।
यी शेयर खरिदका लागि न्यूनतम २५० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया