झिनो अंकले बढ्यो नेप्से, ८ अर्ब ७१ करोडको कारोबार

बुधबार, ३० माघ २०८१, १५ : ०८

काठमाडौं - साताको चौथो कारोबार दिन नेपाल स्टक एक्चसेञ्ज (नेप्से) १.८६ अंकले बढेर २६८५.७३ बिन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको  ३०७ कम्पनीको १ करोड ५५ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा सुधार आउँदा चार उपसूचक मात्र हरियाली भएको छ । आज गार्डियन माइक्रो लाइफको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, रिभरफल्स पावरको ८.०२ प्रतिशत, न्यादी हाइड्रोपावरको ७.५९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ७.४६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

झिनो अंकले बढ्यो सेयर बजार, यी कम्पनीका लगानीकर्ता मालामाल

 यी कम्पनीमा झुम्मिए लगानीकर्ता

यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३९ करोड ६० लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको ३७ करोड ६७ लाख १५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन रिभर फल्स पावरको ३१ करोड ४९ लाख ५३ हजार रुपैयाँ , न्यादी हाइड्रोपावरको ३० करोड ४ लाख ६२ हजार रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको २० करोड ३५ लाख ४८ हजार रुपैयाँको कारोबार भएको हो ।

बुधबार, ३० माघ २०८१, १५ : ०८

प्रतिक्रिया