मेलम्चीको पाइप फुटेपछि बबरमहल क्षेत्र जलमग्न (तस्बिरहरु)

बुधबार, ३० माघ २०८१, १५ : २६

काठमाडौं- मेलम्ची खानेपानीको पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित सरकारी भवन जलमग्न बनेका छन् ।

बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी विशेष अदालतलगायतका सरकारी भवन परिसरसम्म पुगेको हो ।

बुधबार दिउँसो साढे दुई बजेतिर मेलम्ची खानेपानीको पाइप फुटेपछि वन परिसरभित्र पनि पानी पसेको छ। सडकमा समेत पानी निस्किँदा सवारी आवागमन रोकिएको छ ।

babar

babar 2

babar 3

babar 4


 

बुधबार, ३० माघ २०८१, १५ : २६

प्रतिक्रिया