काठमाडौं - खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको बाह्रौँ वार्षिक साधारण सभा आज धुम्र बाराह भेन्यु, धुम्बाराही, काठमाडौंमा सम्पन्न भएको छ ।
कम्पनीका अध्यक्ष विजयमान शेरचनको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८०\८१ को संचालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गरेको छ । सभाबाट आर्थिक वर्ष २०८०\८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाब पारित गरेको छ ।
सभाबाट आर्थिक वर्ष २०८१\८२ को लागि लेखापरीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्नुको साथै सभाबाट संचालक दिनेश प्रसाद श्रेष्ठ र बिनोद थकालीको ठाउँमा भरत लामिछाने थापालाई र तारादेवि श्रेष्ठलाई अनुमोदन गरिएको छ ।
साथै, कम्पनीले रिक्त रहेको स्वतन्त्र संचालकमा उदेन शाक्यलाई गरेको नियुक्तिलाई पनि सभाले अनुमोदन समेत गरेको छ । साधारण सभामा आधा दर्जन भन्दा धेरै सेयरधनीहरुले आफ्नो भनाई राखेका थिए ।
प्रतिक्रिया