आइपीओ ल्याउदै सालपा विकास बैंक, डाक्यो वार्षिक साधारण सभा

विहीबार, ०१ फागुन २०८१, १० : ११

काठमाडौं - सालपा विकास बैंकले आफ्नो १३ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा यही फागुन २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा खोटाङको दिक्तेलस्थित शुभम् फाउन्डेसनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले सर्वसाधारणका लागि आइपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ ल्याउन बैंकको प्रबन्ध पत्र नियमावलीमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेका साथै चालु आर्थिक वर्ष २०८१।८२ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी अर्को प्रस्ताव स्वीकृत गर्नेछ।

विहीबार, ०१ फागुन २०८१, १० : ११

प्रतिक्रिया