नेप्सेमा ७.२६ अंकको गिरावट, यी कम्पनीमा झुम्मिए लगानीकर्ता

विहीबार, ०१ फागुन २०८१, १५ : २८

काठमाडौं - साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२६ अंकले घटेर २६७८.४७ को विन्दुमा कायम भएको छ ।

यस दिन नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको १ करोड ५८ लाख ७५ हजार १५२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा गिरावट आउँदा १० उपसूचक राताम्मै भएको छ । बजारमा गिरावट आउँदा पनि उक्त दिन मातृभुमी लघुवित्त, कुमारी सबल योजना गार्डियन माइक्रो लाइफ र पोखरा फाइनान्सको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
सेयर बजारमा गिरावट आउँदा पनि चार कम्पनीको सेयरमा सकरात्मक सर्किट

यी कम्पनीमा झुम्मिए लगानीकर्ता

यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३४ करोड १४ लाख ७५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी हाइड्रोपावरको २६ करोड ८९ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन राधि विद्युत कम्पनीको २० करोड २९ लाख ३६ हजार रुपैंया, सिन्धु विकास बैंकको २९ करोड ३० लाख ८३ हजार रुपैयाँ, सेन्ट्रल फाइनान्स लिमिटेडको १९ करोड १० हजार रुपैयाँको कारोबार भएको हो ।

विहीबार, ०१ फागुन २०८१, १५ : २८

प्रतिक्रिया