नेप्सेमा गरिमा समृद्धि योजनाको इकाई सूचीकृत

विहीबार, ०१ फागुन २०८१, १६ : ४०

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा गरिमा क्यापिटल लिमिटेडको सामूहिक लगानी कोष योजना अन्तर्गतको गरिमा समृद्धि योजनाको इकाई सूचीकरण भएको छ। 

आज नेपाल स्टक एक्सचेन्ज लिमिटेड र गरिमा क्यापिटल लिमिटेडबीच एक सम्झौता समेत भएको छ जसमा प्रत्येक इकाईको मूल्य १० रुपैयाँ निर्धारण गरिएको छ। उक्त सम्झौताअनुसार १२,५०,००,००० इकाई सामूहिक लगानी कोष गरिमा समृद्धि योजना सूचीकरण गर्ने प्रक्रिया पूरा गरिएको हो।

गरिमा क्यापिटल लिमिटेडले सर्वसाधारणको लागि एनआईएमबि एस क्यापिटल लिमिटेडमार्फत १२,५०,००,००० इकाई धितोपत्रको खुल्ला बिक्री गरेको थियो। यसका साथै, सामूहिक लगानी कोष इकाई वितरण गरिएको र धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम माघ २८ गतेको निर्णयअनुसार आजबाट सूचीकरण गरिएको हो।

यो सम्झौताले गरिमा समृद्धि योजनाको इकाईहरूको दोस्रो बजारमा कारोबार सुरु गर्ने आधार तयार गरेको छ। आगामी आइतबारदेखि यस कम्पनीका धितोपत्रको कारोबार नेपाल स्टक एक्सचेन्जमा सुरु हुनेछ।

विहीबार, ०१ फागुन २०८१, १६ : ४०

प्रतिक्रिया