काठमाडौं - आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २५ गतेका लागि साधरण सभा आह्वान गरेको छ । सभा काठमाडौंको धुम्बाराहीमा रहेको दियो महलमा बिहान ११ बजेदेखि आयोजना गर्ने भएको छ ।
कम्पनीको फागुन २ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीको आठौँ साधारण सभाबाट आव २०८०\८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजी ५ अर्ब रुपैयाँको २१.०५२६४ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै गत आवमा कम्पनीबाट सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरू समेत पारि गरिने छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०\८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०\८१ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ फागुन १४ गतेसम्म नेप्सेमा कायम भएका शेयर धनीहरू मात्रै संस्थाको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।
प्रतिक्रिया