काठमाडौं - इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विद्यमान संस्थापक सेयरधनीहरूका साथै सर्वसाधारणले समेत किन्न पाउने गरी ३२ हजार १० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरू र सर्वसाधारणले आगामी १५ दिनभित्र नवलपरासीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ । उक्त सेयरको बिक्री मूल्य प्रचलित नियमानुसार हुने र विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर शेयर बिक्रीमा राखिसकिएको समेत कम्पनीले स्पष्ट पारेको छ।
प्रतिक्रिया