आइपीओ जारी गर्दै अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट

आइतबार, ०४ फागुन २०८१, १० : ५९

काठमाडौं - अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले आइपीओ प्रस्तावसहित फागुन २५ गते वार्षिक साधारण सभा बोलाएको छ । 

सभा ब्लु स्टार कम्पेक्ल, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ८ बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेस गर्नेछ । सभामा आर्थिक वर्ष २०८०\८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । 

आर्थिक वर्ष २०८१\८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । 


 

आइतबार, ०४ फागुन २०८१, १० : ५९

प्रतिक्रिया