काठमाडौं - दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न बुक क्लोज मिति तय गरेको छ ।
कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । तसर्थ, फागुन १४ गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र दोर्दीको हकप्रद सेयर भर्न पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । हाल दोर्दी खोलाको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद पछि यसको पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया