नेप्सेमा दोहोरो अंकको बढोत्तरी, कुन कम्पनीको कति भयो कारोबार ?

आइतबार, ०४ फागुन २०८१, १५ : ०९

काठमाडौं - साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  १९.५६ अंकले घटेर २६९८.०३ को विन्दुमा कायम भएको हो ।

यस दिन नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा बढोत्तरी आउँदा ११ उपसूचक हरियाली भएको छ । उक्त दिन विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन माइक्रो लाइफ र पोखरा फाइनान्सको सेयरमा सकारात्मक सर्किट लाएको छ ।
 

सेयर बजारमा दोहोरो अंकको बढोत्तरी आउँदा छ कम्पनीको सेयरमा सकरात्मक सर्किट

 सर्वाधिक कारोबार हुने कम्पनी 

यस दिन सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३३ करोड ५४ लाख ७५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी होल्डिङको ३१ करोड ३८ लाख ६३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन हिमालयन पावर पार्टनरको ३० करोड ६४ लाख ४४ हजार रुपैंया, न्यादी हाइड्रोपावरको २२ करोड ४ लाख ४४ हजार रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड ७२ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।

 

आइतबार, ०४ फागुन २०८१, १५ : ०९

प्रतिक्रिया