एलआईसीको लिलामी शेयर भर्ने आज अन्तिम दिन

सोमबार, ०५ फागुन २०८१, १० : ४५

काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड (एलआईसी) ले माघ २१ गतेदेखि लिलाम बढाबढमार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले मंसिर १२ गतेदेखि १ः०.८८४५१६८ अनुपातमा प्रतिशेयर १०० अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गरेको थियो। यसमा बिक्री नभएका ४ लाख ९२ हजार ५७७ कित्ता लिलाममार्फत बिक्रीमा ल्याइएको हो।

पहिले कम्पनीले हकप्रदमा आवेदनको म्याद पुस २ गतेसम्म राखेको थियो। तर, पर्याप्त आवेदन नपरेपछि म्याद थपेर पुस १७ गतेसम्म आवेदन लिनुको साथै पछि हकप्रद बिक्री नभएपछि माघ २१ गतेदेखि लिलाममार्फत बिक्री सुरु गरिएको थियो।

प्रतिकित्ता १०० रुपैयाँ तोकिएको यस शेयरमा जोकोही व्यक्ति, कम्पनी वा संघसंस्था आवेदन दिन सक्छ। इच्छुक खरिदकर्ताले आज बैंकिङ समयसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। न्यूनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाइने कम्पनीले जनाएको छ।

शेयर खरिदका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको लेखनाथमार्ग ठमेल, लाइफ इन्स्योरेन्सको पुतलीसडक कार्यालय, र वीरगन्ज, पोखरा, नेपालगन्ज, बुटवल, सुर्खेत र धनगढी शाखामा बोलपत्र आवेदन बुझाउन सकिने छ। फारामहरू पनि यिनै स्थानमा जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ।

सोमबार, ०५ फागुन २०८१, १० : ४५

प्रतिक्रिया