काठमाडौं - साताको दोस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.८७ अंकले बढेर २२२७.९१ को विन्दुमा कायम भएको हो ।
यस दिन नेप्सेमा कारोबार भएको ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन बजारमा बढोत्तरी आउँदा १० उपसूचक हरियाली भएको छ । उक्त दिन सबैभन्दा बढी नेपाल पुर्नबीमा कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ६४ लाख ३५ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सिइडिबी होल्डिङको २७ करोड ४३ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन दिन एनआरएन इन्फ्रास्ट्रक्चरको २६ करोड ४७ लाख ५८ हजार रुपैंया, रिलायन्स फाइनान्सको २४ करोड २६ लाख ६३ हजार रुपैयाँ, युनाइटेड इदी मार्दी हाइड्रोपावरको १७ करोड ३८ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।
सकरात्मक सर्किट लागेका कम्पनी
यस दिन विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ र दिव्यश्वरी हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
प्रतिक्रिया