सामुदायिक लघुवित्तको वार्षिक साधारण सभा भोलि

सोमबार, ०५ फागुन २०८१, १५ : ३७

काठमाडौं - सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११औं वार्षिक साधारण सभा भोलि (फागुन ६ गते, मंगलबार) काभ्रेपलाञ्चोक जिल्लाको पनौतीस्थित स्काई गार्डेन रिसोर्टमा आयोजना गर्ने भएको छ। सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखा परीक्षकको प्रतिवेदनसमेत छलफल गरी पारित गरिनेछ। यसैगरी, आर्थिक वर्ष २०८०/८१ को नाफा र नोक्सान हिसाब, नगद प्रवाह विवरण, वासलात लगायतका विवरण तथा अनुसूचीहरूको पनि छलफल र पारित गर्ने कार्यक्रम छ।

सभामा आगामी आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्त गर्ने र तिनको पारिश्रमिक निर्धारण गर्ने कुरा पनि प्रस्तावमा रहनेछ। साथै, कम्पनीको सञ्चालक समितिमा संस्थापक सेयरधनी तर्फका ४ जना र सर्वसाधारण सेयरधनी तर्फका २ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन पनि गरिनेछ।

साथै, कम्पनीको पूँजी संरचनामा महत्वपूर्ण परिवर्तन गर्ने निर्णय गरिनेछ। संस्थापक सेयर समूहको ६९.६५ प्रतिशत र सर्वसाधारण सेयर समूहको ३०.३५ प्रतिशत रहेको अवस्थामा, संस्थापक सेयरधनीको सेयर ८.५४ प्रतिशत घटाएर सर्वसाधारण समूहको सेयरमा थप ८.५४ प्रतिशत वृद्धि गरिनेछ। यसले संस्थापक सेयरधनीको स्वामित्व ६१.११ प्रतिशत र सर्वसाधारण समूहको ३८.८९ प्रतिशत बनाउनेछ।

सभाले कम्पनीको रजिष्ट्रार कार्यालयको ठेगाना पनि संशोधन गर्ने निर्णय गर्ने छ। यो सम्बन्धमा प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र नियमनकारी निकायहरूको स्वीकृति लिएर आगामी कार्यहरू पूरा गरिनेछ।

सोमबार, ०५ फागुन २०८१, १५ : ३७

प्रतिक्रिया