प्रि ओपन सेसनमा नेप्से सूचक ८.०२ अंकले बढ्यो

मंगलबार, ०६ फागुन २०८१, ११ : १७

काठमाडौं - साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.०२ अंकले बढेको छ । यससँगै सूचक २७३५।९४ को विन्दुमा कायम भएको छ ।

मंगलबार प्रि ओपन सेसनमा १ करोड ५० लाख ६६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।८२ कम्पनीको २३ हजार ९५३ कित्ता सेयर कारोबार भएको छ । 

४२ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १५१ वटा कारोबार भएको छ ।

मंगलबार, ०६ फागुन २०८१, ११ : १७

प्रतिक्रिया