जलविद्युतको आईपिओ निष्काशन रोक्नु हुँदैन: कुलमान घिसिङ

मंगलबार, ०६ फागुन २०८१, ११ : २७

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सर्व साधारणको लगानीबाटै जलविद्युत क्षेत्रको विकास संभाव भएको बताउँछन् । 

नेपाल आर्थिक पत्रकार संघले आयोजनाको विषयमा आईपिओमा लगानीगर्दा जोखिम देखिए पनि नियमनगरी सेयर खोल्नु पर्ने बताए। विद्युत् प्राधिकरणले १२ हजारको विद्युत् खरिद विक्री सम्झौता (पिपिए) गरेको बताएका छन्। हाल ३५ सय मेगावाटका आयोजना सञ्चालन भए पनि हिउँद ११ सय मेगावाट मात्रै उत्पादन भएको छ।

२८ हजार ५०० मेगावाट विद्युत् पुर्‍याउनको लागि विद्युत् प्राधिकरणले अझे पिपिए खोल्ने पक्षमा रहेको बताए। ‘हाल पिपिए भएका सबै परियोजना निर्माणको चरणमा गएका छैनन्,’ कार्यकारी निर्देशक घिसिङले भने,‘पिपिए गरी निर्माण नगर्ने तर नयाँ पिपिए गर्नुपर्ने माग राख्नु कति उचित हो ?’

प्राधिकरणसँग पिपिए सम्झौता गरी आयोजना ओगटेर मात्रै राख्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। नेपाल सरकारले भारतसँग सम्झौता गरेको क्रसबोर्डर प्रसारण लाइन सञ्चालन हुँदा भारतलाई आम्दानीको ग्यारेन्टी गरेको छ।

नेपाल विद्युत् प्राधिकरण ७ खर्बको सम्पत्ति राखेर बसेको भन्दै सर्व साधरणका लागि प्राथमिक सेयर खोल्ने चरणमा रहेको बताए। प्राधिकरणले २० प्रतिशत सेयर जारी गर्ने तयारी गरिरहेको बताए।

मंगलबार, ०६ फागुन २०८१, ११ : २७

प्रतिक्रिया