नेप्सेमा ११.९१ अंकको वृद्धि, यी कम्पनीको सेयरमा सकारात्मक सर्किट

मंगलबार, ०६ फागुन २०८१, १५ : १५

काठमाडौं - साताको तेस्रो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.९१ अंकले बढेर २७३९.८२ को विन्दुमा कायम भएको हो ।

दिन यस नेप्सेमा कारोबार भएको ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।

यस दिन बजारमा बढोत्तरी आउँदा छ उपसूचक हरियाली भएको छ । उक्त दिन विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रो लाइफको सेयरमा सकारात्मक सर्किट लाएको छ ।


सेयर बजारमा ११ अंकको वृद्धि, चार कम्पनीको सेयरमा सकरात्मक सर्किट


सर्वाधिक कारोबार हुने कम्पनी 
यस दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८२ करोड २ लाख ३६ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल पुर्नबीमा कम्पनीको ५१ करोड ६८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन पिपुल्स हाइड्रोपावरको २९ करोड ३ लाख ९५ हजार रुपैंया, एनआरएन इन्फ्रास्ट्रक्चरको २२ करोड ६८ लाख ३५ हजार रुपैयाँ, सिइडिबी होल्डिङको २० करोड २२ लाख ३८ हजार रुपैयाँको कारोबार भएको हो ।

मंगलबार, ०६ फागुन २०८१, १५ : १५

प्रतिक्रिया